Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एअर इन्डिया विमान दुर्घटना : अहिलेसम्म दुई चालकसहित १७ जनाको मृत्यु

एजेन्सी ।  भारतमा भएको एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुई जना विमान चालकसहित १७ जनाको मृत्यु हुँदा चालक दलका ४ सदस्य सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

शुक्रबार राति युएईबाट चालक दलका सदस्यसहित १९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट रनवेमा चिप्लिएर दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त हुने बित्तिकै विमान दुई टुक्रा भएको र आगो लागेको थियो। विमानमा रहेका १९० यात्रुमध्ये १० जना बालबालिका पनि थिए।

भारतीय नागरिक उड्ययनमन्त्री हरदीप सिंह पुरीले ट्विटरमार्फत दिएको जानकारीअनुसार दुर्घटनाबारे अनुसन्धान गर्न दुई छानबिन समिति बनाइएको छ। एक टोली एअर इन्डिया र अर्को टोली विमानस्थलका अधिकारीको हुनेछ। उनले दिएको जानकारीअुसार विमान भित्र भएका सबैको उद्धार भइसकेको छ।

त्यस्तै मलपुरमका आईजीपी अशोक यादले करिब १६० यात्रु घाइते भएको र विभिन्न अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्। यीमध्ये २०जना बढि गम्भीर घाइते छन्।  विमानमा सवार २६ यात्रुमध्ये २६ जना युएईमा रोजगारी गुमेर घर फर्किँदै थिए भने २८ जना भिजा सकिएर फर्किँदै थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP