Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

 विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताए ।

उनको बिहीबार दिउँसो स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

बिहीबार नै कोशी अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका– १५ का ३३ वर्षीय युवकको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए ।

योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

प्रदेश १ सरकारको तथ्यांक अनुसार यसअघि विराटनगर– ९ का दुई जना, विराटनगर– ३, ५ र १० का एक–एक जनाको मृत्यु भएको थियो । रंगेली नगरपालिका–८, सुनबर्सी नगरपालिका–८ र बुढीगंगा गाउँपालिका– २ का एक–एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP