Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

काठमाडौं,

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।

अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा कपन निवासी सात वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १९ वर्षीय बसुन्धरा निवासी पदम कार्की टीन्सतर्फ विजेता हुनुभएको छ ।

यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ । किड्समा बिर्तामोड निवासी नौ वर्षीय पद्मजा कार्की र काठमाडौं बुढानिलकण्ठ निवासी १३ वर्षीय सोनी लामा तमाङ विजेता हुनुभएको छ ।

सो नृत्य र गायन प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट १६० जना चारदेखि १९ वर्षका बालबालिकाले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट ५०, ३०, २० र पाँच गर्दै टप थ्री ग्राण्ड फइनल नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतियोगीतमा प्रि किड्स, किड्स र टीन्स समुहमा बालबलिकालाई विभाजन गरिएको थियो । हरेक राउण्डमा प्रतियोगिले आफ्नो नृत्य र गायनको भिडियो पठाई सहभागिता जनाउनुपर्ने थियो । प्रतियोगितामा नृत्यतर्फ डीआइडी सिजन(६ र डान्स प्लसका अन्तिम प्रतिस्प्रर्धी सुजन मार्फा तामाङ अफिसयल निर्णयक हुनुहुन्थ्यो भने गायनतर्फ अफिसयल निर्णयकका रूपमा ध्रमेन्द्र सेवान रहनुभएको थियो ।
गायनतर्फ किड्समा अर्नभ बन फष्ट रनरअप आशनया बिनाड़ी सेकेण्ड रनरअप, टिन्समा विक्रम वस्नेत फष्ट रनरअप, प्रियांकुस गौतम सकेण्ड रनरअप भए भने नृत्यतर्फ प्रि किड्समा सिया जोसी फष्ट रनरअप, दृष्टि धिमाल सकेण्ड रनरअप, किडसमा कृश तामाङ फष्ट रनरअप, सक्षी सहानी सकेण्ड रनरअप हुन सफल भएको छ । यस्तै टिन्समा ओम राजवंशी फष्ट रनरअप, अपूर्भ कर्मचार्य सकेण्ड रनरअप हुनुभएको छ ।

कार्यक्रममा प्रतियोगीको छनोट उत्कृष्ट ५० देखि पाँचसम्म निर्णयकले गरेका थिए भने उत्कृष्ट तीन भोटिङको आधारमा गरिएको थियो । भोटिङका लागि प्रतियोगिले देश विदेशदेखि अनलाइन भोटिङको सिस्टम थियो जसमा ग्लोबल अनलाइन पे बाट भोट गर्नुपर्ने थियो ।
प्रतियोगिताका विजेतालाई तिहार लगतै काठमाडौंमा एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ । विजेतालाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ट पाँचमा पर्न सफल लाई पनि म्युजिक भिडियोमा अवसर प्रदान गरिने कार्यक्रमका आयोजक कमल निकोन क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP