Trending
समाज सुनको मूल्यमा आज पनि भारी वृद्धि राजनीति अरु काम छाडेरै भए पनि भोट हाल्नूस्: प्रधानमन्त्री कार्की अन्तर्राष्ट्रिय कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना समाज बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन राजनीति चुनावी प्रचारमा हिडेको रास्वपाको गाडीमा मदिरा र चामल, प्रहरीले समात्यो समाज एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाहिमपातको सम्भावना समाज फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ खेल आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै राजनीति प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँ बराबरको जरिवाना समाज गोरखा बुंकोटकी एक बालिकाको मृत्यु

४२ हजार युवालाई रोजगारीको सुनिश्चितता

जनकपुरधाम
प्रदेश २ का ४२ हजार युवाले रोजगारी पाउने भएका छन् । प्रदेश सरकारको समन्वयमा अगामी ३ वर्षभित्र प्रदेशका ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको हो । शुक्रबार प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले एक कार्यक्रमका बीच उक्त सम्झौता गरेको हो।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजना अनुरुप पहिलो चरणमा विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता गरेको हो ।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिने मुख्यमन्त्री लालबाबु राउतले बताए ।

उनले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडी बढेको उल्लेख गर्दै यस कार्यमा सघाउने डिफिड लगायत साझेदार संस्थाहरुलाई धन्यवाद समेत दिए ।

सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र वैदेशिक रोजगारमा जाने ७ हजार ५ सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएकामध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये ४ हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

त्यसैगरी नेपाल एसबीआई बैंकले अगामी ३ वर्ष भित्र वैदेशिक रोजगारमा जाने ७ हजार ७ सय ५० युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै वैदेशिक रोजगारीमा गएकामध्ये ३ हजार ५ सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये ४ हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइने छ ।

त्यस्तै मेरो जब्सले रोजगारी कार्यक्रम अन्तर्गत रोजगार पसलमार्फत अगामी ३ वर्षमा ७ हजार युवाहरुलाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ । त्यसैगरि एमाजोनको सहकार्यमा जेनिसले ४ हजार युवालाई सिपसहित रोजगारी दिने तथा फ्युज मेसिनले आइसिटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता भएको छ ।

साथै मोरंग अटोवक्र्स प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा हेभि गाडीको ड्राइभिङ्ग तथा मेकानिकल ट्रेनिङ्ग सेन्टरको स्थापना गरी ३ वर्ष भित्र ४ हजार युवाहरुलाई रोजगारी दिने सम्झौता गरेका छन् ।

रोजगारदाता संस्थाहरुलाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा रोजगारदाताहरुलाई आवश्यक ऐन कानुन लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिवद्धता मुख्यमन्त्री राउतले लिएका छन् । देश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश राय, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा। डिम्पल झा, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगर प्रमुख लाल किशोर साह, डिफिडका नेपाल प्रमुख लिसा हेनान सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP