Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने

नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने भएको छ ।

‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा गरिने कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिनुभयो । 

यो विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गर्नुभएको छ । त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पार्ट्स ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताउनुभयो ।

विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP