Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जनप्रतिनिधिलाई नागरिकको प्रश्न– जुत्ता लगाउने हैसियत नभएकाको महल कसरी बन्यो ?

४ पुस, रामेछाप । ‘हिजो एकजोर राम्रो जुत्ता लगाउने हैसियत थिएन । गाउँपालिकामा निर्वाचित भएको २ वर्ष बित्न नपाउँदै काठमाडौंलगायत स्थानमा घर–घडेरी किन्ने हैसियत कसरी बन्यो ? पत्रकार र नागरिक समाज अब यसको खोजीतर्फ लाग्ने कि ?’

सदरमुकाम मन्थलीमा इन्सेकले आयोजना गरेको विकासका लागि नागरिक समाज र पत्रकार विषयक अन्तर्क्रियामा उमाकुण्ड गाउँपालिका–३ कि गंगा कार्कीले सोधेको प्रश्न हो यो ।

उनको प्रश्नमा सहमति जनाउँदै गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले जनप्रतिनिधिहरू कसरी कमाउन सकिन्छ भन्ने कुरामा केन्द्रित भएको बताए । विकासलाई नै वन्धक बनाउँदै कतिपय स्थानीय तहका जनप्रतिधिनिहरू कमाउधन्दामा लागेको उनको आरोप थियो ।

नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ पनि यी दुवै विचारमा सहमत छन् । उनले भने, ‘जनप्रतिनिधिहरूले उभोक्ता समितिसँग समेत मिलेर अनियमितता गरेका छन् । आफैं योजना बनाउने अनि आफ्नै आसपासका मानिसहरूलाई उपभोक्ता समितिमा राखेर विकास बजेटमा अनियमितता गर्ने । यस्ता उदाहरण त कति छन् कति ।’

सर्वसाधारण नागरिकले मात्र होइन, रामेछापका दलीय प्रतिनिधिहरूले समेत विकासको काममा जनप्रतिनिधिबाट अनियमितता र भ्रष्टाचार बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले स्थानीय तहमा बढ्दो भ्रष्टचार रोक्नका लागि अहिलेको विकासको मोडलमा नै परिवर्तन गर्नुपर्ने बताए । अहिले स्थानीयस्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाड–मँछाड गर्ने हुल बढेको उनले बताए ।

‘आफूलाई अनुकूल नहुने अवस्थामा पालिकाको सम्पूर्ण विकासलाई नै रोक्नेभन्दा अराजक अवस्था केही हुन्छ । यो जनप्रतिनिधिहरूको राजनीतिण्भित्रको अराजकता हो । कानुनी रूपमा यस्ता जनप्रनिधिलाई हटाउने व्यवस्था नहुँदा यो अराजकता मौलाउँदै गएको छ’, श्रेष्ठले भने ।

नेपाली कांग्रेस रामेछापकाका सचिव लेखबहादुर कार्कीले त पदको स्वादले निर्वाचित जनप्रतिधिहरूले आफ्नो राजनीतिक पार्टि नै बिर्सिएको आरोप लगाए । अहिले कुनै पनि दलका निर्वाचित प्रतिनिधि पार्टीलाई नटेर्ने अवस्थामा पुगेको उनको गुनासो छ ।

विकासमा बढ्दै गएको भ्रष्टाचार र अनियमितता रोक्न राजनीतिक दल, नागरिक समाज र पत्रकारको सक्रिय भूमिका हुनुपर्नेमा सहभागीहरूले जोड दिए । मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाईंले यसविरुद्ध संगठित आवाज नउठ्ने हो भने अवस्था झनै बिग्रिएर जाने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP