Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

प्रेस संगठन कपिलवस्तुको भेला : सविधान बिरुद्धको कदम अस्वीकार

कपिलवस्तु ८ पुस

प्रेस संगठन कपिलवस्तुको भेला जिल्लाको गोरुसिगेमा सम्पन्न भएको छ । संगठनका जिल्ला संयोजक डिलाराम भुसालको अध्यक्षतामा भएको भेलाले अहिले परिस्थितीमा प्रधानमन्त्री केपी ओलीले संविधान बिरुद्धको कदम चालेकोले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

लोकतन्त्र स्थापित गर्न पत्रकारहरुको अहम भुमीका रहेकोले प्रधानमन्त्रीले लोकतन्त्र बिरुद्ध गरेका कृयाकलाप बिरुद्ध कलम चलाउने निस्कर्ष समेत निकालेको छ । भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्रीले संसद विघटन गरि जनताको मतलाई दुरुपयोग गरेको बताउनुभयो ।

नेपाली जनताले स्पष्ट रुपमा बहुमत दिएर सरकारमा पठाएका प्रतिनिधिहरुलाई एकाएक बिघटन गरि देशलाई अस्थिता तर्फ धकलेकोले यसको बिरुद्ध पत्रकाहरुले कलम चलाउनुपर्ने बताउनुभयो । देशमा कोभिड महामारी भइरहेको बेला प्रधानमन्त्रीले राजनितिक खिचातानी गरी गलत काम गरेको बताउनुभयो । सांसद पन्थीले संविधान बिपरित गरेका कामहरुलाई अदालत सच्याउने आशा रहेको बताउनुभयो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह विष्णुले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीतिक निर्णय गरेको बताउनुभयो । सरकारले बहुमत दिए पनि काम गर्न नसके पछि प्रधानमन्त्रीले संविधान विरुद्ध काम गरेको आरोप लगाउनुभयो । नेकपाका जिल्ला नेता विष्णु बेल्बासेले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी,प्रेस संगठनका केन्द्रिय सदस्य मनिस कार्की,जिल्ला संयोजक डिलाराम भुसाल,सह संयोजक हरी अधिकारी लगाएत संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP