Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

प्रेस संगठन कपिलवस्तुको भेला : सविधान बिरुद्धको कदम अस्वीकार

कपिलवस्तु ८ पुस

प्रेस संगठन कपिलवस्तुको भेला जिल्लाको गोरुसिगेमा सम्पन्न भएको छ । संगठनका जिल्ला संयोजक डिलाराम भुसालको अध्यक्षतामा भएको भेलाले अहिले परिस्थितीमा प्रधानमन्त्री केपी ओलीले संविधान बिरुद्धको कदम चालेकोले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

लोकतन्त्र स्थापित गर्न पत्रकारहरुको अहम भुमीका रहेकोले प्रधानमन्त्रीले लोकतन्त्र बिरुद्ध गरेका कृयाकलाप बिरुद्ध कलम चलाउने निस्कर्ष समेत निकालेको छ । भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्रीले संसद विघटन गरि जनताको मतलाई दुरुपयोग गरेको बताउनुभयो ।

नेपाली जनताले स्पष्ट रुपमा बहुमत दिएर सरकारमा पठाएका प्रतिनिधिहरुलाई एकाएक बिघटन गरि देशलाई अस्थिता तर्फ धकलेकोले यसको बिरुद्ध पत्रकाहरुले कलम चलाउनुपर्ने बताउनुभयो । देशमा कोभिड महामारी भइरहेको बेला प्रधानमन्त्रीले राजनितिक खिचातानी गरी गलत काम गरेको बताउनुभयो । सांसद पन्थीले संविधान बिपरित गरेका कामहरुलाई अदालत सच्याउने आशा रहेको बताउनुभयो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह विष्णुले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीतिक निर्णय गरेको बताउनुभयो । सरकारले बहुमत दिए पनि काम गर्न नसके पछि प्रधानमन्त्रीले संविधान विरुद्ध काम गरेको आरोप लगाउनुभयो । नेकपाका जिल्ला नेता विष्णु बेल्बासेले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी,प्रेस संगठनका केन्द्रिय सदस्य मनिस कार्की,जिल्ला संयोजक डिलाराम भुसाल,सह संयोजक हरी अधिकारी लगाएत संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP