Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

‘छेक्याे छेक्याे’ गाउन दिएर ठूलाे गुन लगायाै, ‘हार्दिक श्रद्धाञ्जली’ शुक गुरुङ : नेपथ्य

काठमाण्डौ –  मञ्चमा सुरुवाती गीत प्रस्तुत गरेपछि आफ्ना सदाबहार तीन वटा गीत लगातार गाउने शैली नेपथ्यले केही वर्षयता विकास गर्दैआएको छ। 

ती तीनवटा गीत गाइसकेपछि मात्रै एकछिनको चुपचापलाई तोड्दै मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने गर्थे । तर सोमबार मेलबर्नको  ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भङ्ग हुन पुग्यो। 

खचाखच दर्शकका बीच ‘भेडाको उनजस्तो’ गीत सुनाउनेबित्तिकै अमृत थामिए र भने, ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए। म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्।’

मृगौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार बिहान निधन भएको थियो । यो खबर थाहा पाउनेबित्तिकै अमृतले आइतबारै सामाजिक सञ्जालमा शोक प्रकट गर्दै उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए । ‘शुकजीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहि रहनेछन्।’

उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङ साथै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइएको थियो । ‘हामीबीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ।’

त्यसपछि तस्बिर देखाइएको भित्तोतिरै फर्किएर अमृतले नमस्ते गरे र फेरि भने,  ‘हार्दिक श्रद्धाञ्जली शुक गुरुङ।’

यतिन्जेल हलभित्रका दर्शकहरु भावविभोर हुनपुगेका थिए। ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनुपर्छ,’ अमृतले नै त्यो मौनता भंग गरे र भने,  ‘आउनुस् हाम्रा लागि र तपाईँहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔंँ ।’ 

त्यसपछि अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरु गरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिएका थिए। गीतका प्रत्येक लाइनलाई दुरुस्त मिलाएर गाएको बाटै यो गीत स्रोताहरुको मनमा कसरी बसेको छ भन्ने स्पष्ट देखिन्थ्यो।

त्यसपछि नेपथ्य कन्सर्ट नियमित सूचीअनुसारै अघि बढेको थियो । ‘तालको पानी’ गाउँदाको क्षण हलभित्रका दर्शक उत्साह उत्कर्षमा पुगेको देखिन्थ्यो । हलभित्र भर्खरै पढ्नका निम्ति आएका विद्यार्थीदेखि लिएर अस्ट्रेलियामा लामो समयदेखि आफ्नो व्यवसायमा जम्दै आएका व्यापारी अनि फरक–फरक पेसामा आवद्धहरुको जमघट देखिन्थ्यो । 

नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपालाको अस्ट्रेलिया यात्राका लागि सिड्नीको संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स’  थियो।

मेलबर्नको प्रस्तुति सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलाबद्ध अस्ट्रेलिया यात्रा सम्पन्न भएको छ । ब्याण्डको यो पाँचौँ अस्ट्रेलिया यात्रा थियो । 

नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ तारिकमा ब्रिसबेनबाट सुरु भइ डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुँदै मेलबर्नमा आएर सम्पन्न भएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP