Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संविधानको अधिकार गुम्दा सडकमा ननिस्कनेहरु रविको पछि


भगवान चाम्लिङ
राज्यदेखि बारम्बार हेपिएर अन्यायको पराकाष्ठा खेपिरहँदा आफ्नो न्याय जोगाउन नसक्ने हामी जाबो आदिबासीहरू । पत्रकार रवि लामिछानेको न्यायको पक्षमा उफ्रेको देख्दा मलाई किन हो कुरिकुरी लागिरहेकोछ ।

प्रजातन्त्र र मानवअधिकारलाई आधार बनाएर संयुक्तराष्ट्रसंघले दिएको आदिवासीहरुको विश्वब्यापी अधिकार आईएलओ १६९ र नेपाल सरकारले संविधानमा उल्लेख गरेका समानुपातिक समावेशीको उल्लंघन भएको विषय लिएर आप्mनो गुमेको हक अधिकारको सुरक्षाको निमित्त आन्दोलनमा निस्किएका आफ्ना देशको पहिलोबासी भूमिपुत्रहरू वा देशका पहिचानका धरोहरहरू आदिवासी मुलबासी जनजातीहरू हुन् ।

उनीहरुमाथि संविधानले दिएको समानुपातिक समावेशीको अधिकार माग्दा यसरी राज्यले निर्मम निर्घात ढंगले कुटपिट गरिरहँदा हाम्रा आदिबासीहरू भने एकजना पत्रकार रबि लामिछानेको निमित्त रोईकराई मर्माहत भएर आन्दोलित छन् । दोष लागेपछि उ जोसुकै होस् सरकारले न्यायिक ढंगले छानविन गर्नुपर्छ ।
त्यो सरकारको न्यूनतम कर्तब्य हो । तर यहाँ त हाम्रा मानिसहरू अचम्मका छन् । सरकारले तिम्रो विरुद्धमा लोकसेवाको असंवैधानिक निर्णय गर्दा पनि तिमीसँग आन्दोलित हुने चेतना र आट छैन ।

तर पत्रकार लामिछानेको पक्षमा जानिनजानी उफ्रिन्छौ । हेर उनीहरु भनेको आफै बिरामी हुन जान्दाछन् र आफैमा निको पार्ने उनीहरुको शक्तिशाली झाँक्रीहरु छन । र शक्तिशाली बिजुवाहरू पनि छन् । अनि पो गजबले जस्तै पनि नाटक मन्चन गर्छन् । बिचरा तिमीले जान्ने भएर कुनै भूमिका नभिनाए हुन्छ ।

अन्तमा
तिम्रो भूमिकाको कुनै अर्थ हुँदैन र छैन । उनै पत्रकार रवि लामिछानेको कारण बनाएर घुमाउरो पाराले एकजना आदिबासी गृहमन्त्री रामबहादुर मगरको पदमा उनीहरुले कुत्सित ढंगले षडयन्त्रधारी नङ्ग्राहरु फैलाईसकेका छन् । हिजो सानो टङ स्लिप हुँदा शेरबहादुर तामाङमाथि हमला गरेर मन्त्री पद पनि उनीहरुले हत्याए ।

आन्दोलनमा सरिक नै नभएका रेशम चौधरीहरूलाई यिनीहरुले षडयन्त्र गरेर जेलमा सडाएका छन् ।
राजदुत लक्की शेर्पाको कान्डलाई कुत्सित ढंंगले फैलाएर राजदुत शेर्पालाई पदच्युत गरे । तर त्यो भन्दा ठूलाठूला कान्ड देशमा घटेका छन् । तथापी मिलेर खाएकै छन् ।

अब अनेक आन्दोलनको बाहानामा घुमाएर बारम्बार गृहमन्त्रीमाथिको पदलाई हमला गरिरहेको छ । हामीले यस्ता कुराहरू बुझेकोछौँ कि छैनौ ।

हाम्रै वरिपरी प्रश्नहरू बाक्लो उठिरहेको छ । एकजना देशको आदिबासीलाई आप्mनो संविधानसम्मत अधिकार खोज्दा अमानवीय ढंगले राज्यले कुटपिट गर्दा आन्दोलित नहुने आदिवासी मुलबासीहरू रवि लामिछानेको विषयमा यतिसाह्रो आन्दोलित हुँदा सुहाउँदो हुदैछ कि हाँस उठ्दो हुँदैछ रु उनीहरुले मनभित्र के सोँचेका होलान् हाम्रा विबेकप्रति रुरु
चाम्लिङ समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP