Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लोहरौला गाउमा कृषि स्मार्ट गाउँ कार्यक्रम लागू

कपिलवस्तु

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले लोहरौला गाँउलाई स्मार्ट कृषि गाउ घोषणा गरेको छ । लोहोरौला गाँउका कृषकहरूलाई आत्मनिर्भर बनाउन स्मार्ट कृषि गाउ कार्यक्रम लागु गरिएको हो ।
प्रदेश सरकारको स्मार्ट गाउँ कार्यक्रममा लोहरौला कृषि गाउँमा परेको थियो । कृष्णनगर नगरपालिका वडा न.८ मा रहेको रोहरौला गाँउका ५५ जना किसानलाई प्रत्यक्ष रूपमा सहयोग हुने छ । लुम्बिनी प्रदेश सरकारले कृषि सम्बन्धि जलवायु स्मार्ट , सिचाई स्मार्ट,खाद्द पोषण स्मार्ट,प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम आज देखि लागु हुने गरि उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्रि इश्वर दयाल मिश्राले किसानहरूलाई आत्म निर्भर हुनको लागि प्रदेश सरकारले स्मार्ट गाउँ कार्यक्रम लागु गरेको बताउनु भएको छ । मिश्राका अनुसार सरकारले एउटा एउटा गाउँलाई प्राथमिकतामा राखी किसानको समस्य समाधान गर्ने योजना रहेको जनाउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले प्रदेश सरकारले दिएको सेवा सुविधा गैर किसानले प्रयोग गरे वास्तविक किसानको क्षति हुनसक्ने वताउनु भयो । वास्तविक किसानको छनौट गरि कार्यक्रम संचालन गर्न सुझाव समेत दिनु भयो । लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरीले अतिथिहरूको सल्लह सुझावलाई ध्यानमा राखि कार्यक्रम संचालन गर्ने बताउनु भयो । कार्यक्रममा कृष्णनगर नगरपालिका वडा न.८ का वडाध्यक्ष नूरमोहम्द मुसलमान,शिवराज नगरपालिका वडा न.७ का वडाध्यक्ष अनूप कुमार चौधरी,कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्र नाथ चौवे,कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्रराम चौधरी,सामाज सेवि रामदास चौधरी लगायत ६० जना भन्द वढि किसानहरूको उपस्थिति रहेको राम मनोरथ चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP