Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

झनझटिलो बन्दै अनलाईन सेवा ,राजस्व घट्ने सम्भावना बढी

कपिलवस्तुको कृष्णनगर सिमानाका

कपिलवस्तु भदौ ३

भन्सारको जटिलताले भारतीय पर्यटकमा कमी आउनुका साथै राजस्व वसुली घट्ने अनुमान गर्न सकिन्छ ।
सुचनाप्रविधिको बिकासले काम सहज र सरल हुने कुरा झन उल्टो बनेको छ , अहिले अनलाईन सेवामा समय बढी खपत भईरहेको छ भने सेवाग्राहीको बुझाईमा पनि झनझटिलो बन्दै गएको छ । भदौ एक गतेदेखि भारतीय सिमासंग जोडिएका देशभरिका नाकाहरुमा अनलाईन मार्फत सुविधा दिने भनि शुरु गरिएको दिन देखि नै भारतीय गाडी र माल बाहक गाडिहरुको चाप घट्दै गएको छ । अनलाईन सुरु हुनु भन्दा पहिला कृष्णनगर भन्सारबाट क्लींकर , मेसिनरी सामान, फलफुल, कपडा लगायतका मालसमान अधिक मात्रामा पैठारी हुने गरेको क्लियरिंग ऐजेन्ट श्याम कुमार मिश्रले बताउनभयो । मिश्रका अनुसार यस नाकाबाट अहिलेसम्म कै न्यून पैठारी भईरहेको र आर्थिक बर्ष ०७६ र ०७७ को राजस्व लक्ष्य पनि घट्ने सम्भावना बढ्दै गएको बताए । कपिलबस्तुको मुख्य व्यापारिक नाका मानिने कृष्णनगर भन्सारमा अहिलेको कम्प्युटरिकृत पद्धतिले गर्दा भन्सार प्रक्रियामा जटिलता बढ्दै जाने हो भने भारतीय क्रेता माथि निर्भर रहेको कृष्णनगर बजार पनि सुक्ने डर व्यापारीहरुमा व्यापक नै छ ।
भारतका सिद्धार्थनगर , बलरामपुर, बस्ती , बहराईच जिल्लाबाट बहादुरगंज स्थित आंखा अस्पतालमा मोतियाबिन्द आप्रेसन गराउन आउने बिरामी भन्छन ११ बजे जमा गरेको फारम ४ बजे भन्सार भएको छ, अब औषधि गराएर फर्कन सकिन्न होला ।
सो सम्बन्धमा बुझन जादा बैंकिङ सेवा दस बजेदेखि पांच बजेसम्म मात्र हुने र बैंकमा बिदा धेरै हुने तर भन्सार त बर्षभरि नै खुल्ने हुनाले पनि आनलाईन पेमेन्टले राजस्व लक्ष्यलाई असर पर्ने तथ्य खुलेको छ ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बिष्णु पोडेलले हामी जनशक्ति र प्रविधि व्यवस्थापन गरिसकेपछि सुविधा र भन्सार गर्नमा समस्या नआउने अश्वासन दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP