Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

युवालाई निःशुल्क सीप दिंदै ओम टेक्निकल

कपिलवस्तु, २५ माघ ।
जिल्लाको चन्द्रौटामा हालै संचालनमा आएको ओम टेक्निकल एण्ड एजुकेशनल एकेडेमी प्रा.लि.ले पहिलो पटक युवा लक्षित सुनौलो अवसर ल्याएको छ ।
सीपविना बिदेशिएका युवाहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै ओम टेक्निकलले युवा लक्षित विभिन्न सीपमूलक कार्यक्रम संचालनमा ल्याएको हो । एकेडेमी प्रा.लि.ले अहिले ६० जना बेरोजगार युवाहरुलाई निःशुल्क सीपमूलक तालिम दिइरहेको एकेडेमीका संचालक श्रीजन पोखरेलले जानकारी दिए ।
सीप नभएर दुःख भोग्दै आएका युवाहरुका लागि तीन महिने निःशुल्क हाउस वायरिङ र मोटरसाइकल मेकानिकल तालिम संचालनमा ल्याएको पोखरेलले बताए । “सीपपछि युवाहरु स्वरोजगार हुनेछन् र विदेशमा जाँदा पनि सीपअनुसारको काम पाउने विश्वास छ” –संचालक पोखरेलले भने । “सीटीईभीटीबाट मान्यता प्राप्त भएकाले यहाँबाट सीप सिकेका युवाले दुःख भोग्नु पर्दैन ।”
आगामी दिनमा ओम टेक्निकल एण्ड एजुकेशनल एकेडेमी प्रा.लि. युवाहरुका लागि विभिन्न सीपमूलक एवं रोजगारका कार्यक्रम ल्याउने पोखरेलले जनाएका छन् । बिल्डिङ्ग इलेक्ट्रिकल, इन्डस्ट्रियल इलेक्ट्रिकल, प्लम्बिङ, कम्प्यूटर, कुक, फ्रिजेसी लगायतका तालिम संचालनको तयारीमा रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP