Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी–२० विश्वकप आजदेखि, क्वालिफायर राउन्डका खेलहरु हुँदै

एजेन्सी । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन् । क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजित गरिएका छन् । दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरु छनोट हुनेछन् ।

ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो । उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो । उता, पपुवा न्यू गिनीको टोली भने सेप्टेम्बरमा नै ओमान पुगेको थियो । उसले राम्रो तयारी गरेको छ ।

 यता, स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा प्रवेश गर्ने टोलीका दाबेदार हन् । त्यही भएर दुई टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ । बंगलादेश पछिल्लो समय टी–२० खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । उसले घरेलु मैदानमा खेलिएका टी–२० शृङ्खलामा अस्ट्रेलिया र न्युजिल्याण्डलाई हराएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP