Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले बंगलादेशलाई ६ रनले हरायो

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेश पराजित भएको छ । गएराति ओमानको अल अमिरात मैदानमा भएको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्याण्डले ६ रनले हराएको हो ।

स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले ३८ तथा कप्तान महमुदउल्लाहले २३ रन जोडे । स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ तथा जर्ज मुन्सेले २९ रन बनाए । बंगलादेशका मेहदी हसनले ३ तथा मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए । विश्वकपको पहिलो चरण अन्तर्गत ओमानले विजयी सुरुआत गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पहिलो चरणमा खेल्नेमध्ये आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह बी मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP