Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राजदूत फेरबदलको चक्करले नयाँ दूतावास मारमा

बसन्त रानाभाट । सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् । साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदलको मारमा परेको छ । कार्यकाल पूरा नभई राजदूतको घरफिर्ती हुँदा दूतावासले ठुलो कूटनीतिक फड्को समेत मार्न सकेको छैन।

दूतावास खोल्ने निर्णय भएको एक वर्षपछि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा भरतबहादुर रायमाझी आएका थिए। नेपाली सेनाका पूर्व जर्नेलसमेत रहेका रायमाझी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस भएका हुन् ।

उनी म्याड्रिड आउँदा दूतावास भवनसमेत थिएन । नियुक्ति भएको महिनौंपछि मात्रै उनले ओहोदाको प्रमाणपत्र बुझाएका थिए। केपी शर्मा ओलीको सरकारको नेतृत्व सम्हालेपछि रायमाझीको घरफिर्ती भयो । कार्यभार सम्हालेको साढे ९ महिनामा नै उनी घर फर्किए।ओली सरकारले दावाफुटी शेर्पालाई राजदूत नियुक्ति गरेर पठायो ।

शेर्पा नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्बु । बुढानीलकन्ठ स्कुलमा पढेकी शेर्पाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकी थिइन्।

तर राजनीतिक गोलचक्कर अझै पनि रोक्किएन। कांग्रेस नेतृत्वको गठबन्धन सरकारले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएसँगै म्याड्रिड दूतावासमा पनि प्रभाव परेको छ।

राजदूत शेर्पा दुई वर्ष कार्यकाल बाँकी छदै बुधबार नेपाल फर्किएकी छिन्। नयाँ दूतावासमा छोटो अवधिमा नै दुईजना राजदूत परिवर्तन भइसकेका छन्। राजदूत मात्रै होइन दूतावासको भवन पनि दुईपटक परिवर्तन भइसकेको छ।

दुवै राजदूतहरु परराष्ट्र सेवा बाहिरबाट नियुक्ति भएर आएका हुन्प । परराष्ट्र सेवाबाट नियुक्ति भएर म्याड्रिडमा राजदूत पठाउनुपर्ने स्पेनवासी नेपालीहरुले माग राखेका छन्।

स्वास्थ्य सामग्री लिएर नेपाल पुग्दा राजदूतको प्रंशसा

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बुधबार दिउँसो नेपाल फर्किएकी छिन्उ । उनले आफ्नो कार्यकालमा सदैव सम्झना योग्य एक महत्वपूर्ण काम गरिन्।

कोरोना कहरको बेला नेपालमा स्वास्थ्य सामग्रीको अभाव थियो । त्यतिबेला राजदूत शेर्पा चार्टर्ड विमानमा स्पेन सरकारको सहयोग लिएर नेपाल उत्रिएकी थिइन्। नेपालमा स्वास्थ्य सामग्रीको हाहाकार हुँदा राजदूत शेर्पाको कामलाई चौतर्फी प्रंशसा गरिएको थियो। उनकै पहल र सक्रियतामा स्पेनले नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाएको थियो।

युरोपमा वर्षौअघि खोलिएका दूतावासहरूभन्दा पनि पहिले कान्छो दूतावासको सक्रियतामा नेपालमा सहयोग पुगेको थियो।

नेपाली समुदायको एकता र माया लिएर नेपाल फर्किएकी छु : राजदूत शेर्पा

नेपाल फर्कनुअघि अनलाईनखबरसँग कुराकानी गर्दै उनले स्पेनबासी नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरिन्। ‘यहाँको नेपाली समुदायको एकता र माया लिएर नेपाल फर्किएकी छु। मलाई जस्तै साथ सहयोग नयाँ जिम्मेवारी लिने राजदूतलाई पनि दिन अनुरोध गर्दछु,’ शेर्पाले भनिन्।

राजदूतको भूमिका निर्वाह गर्दा पछिल्लो दुई वर्षमा मित्रता,स्नेह,सहयोग,आत्मियता एवं सद्वावना प्राप्त भएको भन्दै कृतज्ञता व्यक्त गरेकी छिन्।

उनले आफ्नो कार्यकालमा नेपाल र स्पेनबीच सहकार्य,समन्वय तथा सहयोगले दुई देशबीचको सम्बन्धले थप उचाइ लिएको विश्वास व्यक्त गरिन्।

‘धेरै उल्लेखनिय कामहरु भएकोमा,नेपाल कोभिड-१९ को महामारीबाट ग्रसित भएको अवस्थामा यहाँहरुको सहयोग तथा सहकार्यबाट हामीले नेपालमा स्पेनबाट ठूलो सहयोग लान सकेको पललाई म स्मरण गर्न चाहान्छु। यो स्पेनमा बस्ने सबै नेपालीहरुको पहलको नजिता हो,’ राजदूत शेर्पाले भनिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP