Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतमा जिप दुर्घटना : दुई नेपालीसहित पाँचको मृत्यु

 बैतडी : भारतमा जिप दुर्घटना हुँदा बैतडीका २ जनासहित ५ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका– ६ का ४८ वर्षीय मदनमोहन जोशी, खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थी,  भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पिएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर बुधबार

दुर्घटना भएको हो।

गाडी विनोदकुमार चन्द आफैँले चलाएका बताइएको छ। उनको गाउँ बुगामा कुलपूजा थियो। पूजाभन्दा अगाडि बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्णप्रयाग लगेका थिए। 

स्नान गरेर कुलपूजाका लागि फर्किंदै गर्दा दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ। अवस्थी र जोशी चन्दका कुलपूजारीसमेत थिए। चन्द राती अनिँदो रहेको र गाडी चलाउदा निद्रा लागेपछि दुर्घटना भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP