Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बाढी, पहिरोमा परि ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघ्याे, ४० जना घाइते

काठमाण्डाै – देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परि आज बिहीवार दिउँसोसम्म एक सय एक जनाको ज्यान गएको छ । बाढी, पहिरोमा परि प्रदेश नम्बर १ मा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा सात जना र वाग्मती प्रदेशमा एक गरी अहिलेसम्म एक सय एक जनाकाे ज्यान गएकाे हाे । 

साथै प्रदेश १ मा १९ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका प्रहरीको विवरण छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिराेबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।

गएकाे शनिवार रातिदेखिको वर्षाले एक हजार एक सय ७७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित ठाउँमा राख्ने, पहिरोमा पुरिएको सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको र पहिरोले अवरोध भएका सडक खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP