Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बेमौसमी वर्षा : २ लाख हेक्टरको धान क्षति, २० प्रतिशत उत्पादन घट्ने अनुमान

काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ। 

देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो। यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो।

निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो।  बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँगै किसान वर्षभरिका लागि अन्न कसरी जोहो गर्ने चिन्तामा परेका छन्।

तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा गरिएको धान खेतीमा क्षति पुगेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

‘डुबान क्षेत्रमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन। २० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ।’ 

मौसममा सुधार भए पनि यति नै धान क्षति भयो भन्ने यकिन तथ्यांक प्राप्त भइनसकेको सञ्जेलले बताए। तथ्यांक संकलन भइरहेकाले क्षतिको पूर्ण विवरण केही समयमा आउने उनको भनाइ छ। 

पानीमा डुबेको धान कसरी जोगाउने ?

खेतमा पानीले भिजेको धान जोगाउन अर्थात्‌ क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन्। 

पानीले डुबाएको धान सकेसम्म धेरै जोगाउनेतर्फ ध्यान दिन उनीहरूले सल्लाह दिइरहेका छन्। कृषि विज्ञ भोलामान श्रेष्ठले खेतमा जमेको पानी निकाल्ने र खेत सुकाउने, काटेको धान भिजेको भए सुख्खा ठाउँमा सार्ने, सामान्य तापक्रममा भएको अवस्थामा धान चलाउने, खेतमै ढलेको धान भए पानी कटाएर जमिन सुख्खा भएपछि मात्र काट्नुपर्ने बताएका छन्।

पानी पर्न छाडेको २ दिनसम्म नकाट्ने अथवा काट्नै परे तत्कालै झार्ने, प्लाष्टिकमा धान नसुकाउने र खुल्ला ठाउँमा सुकाउन पनि उनले सल्लाह दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP