Trending
खेल गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि जित्यो लुम्बिनीले राजनीति उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट राजनीति डढेलो तथा आगलागी पीडितको सहयोगमा खटिन कार्यकर्तालाई माओवादीको निर्देशन समाज मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ राजनीति इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार समाज धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै राजनीति ओलीप्रति लक्षित गर्दै माधवले भने : म प्रधानमन्त्री बन्ला भनेर केहीलाई पोल्न थालेको छ समाज सडक बत्तीको विषयमा स्थानीय तह र प्राधिकरणबीच ‘जुहारी’ अपराध सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ राजनीति जोखिममा परेका महिला बालबालिकालाई समेट्ने गरी बजेट आउँछ : मन्त्री चौधरी

विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने

काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुनेछैन ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP