काठमाडौ । थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगाय सवारी तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाको घोषणा छ ।

वि.सं. २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।
थारुले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे । घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने उनले बताए ।
त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातिको अपमान हुने गरी भएका गतिविधिले थारुहरु आन्दोलनमा जानुको बिकल्प नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भावना र थारू पहिचानमा खलबल पुर्याएको भन्दै शासकका विरूद्ध आन्दोलन सुरु गरेको उनले बताए ।


उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमापनि पूरा नभए फागुन २० र २१ गतेदेखि आन्दोलन सुरु गरेको उनले बताए । उनले संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुशताको अत्य हुनुपर्ने उनले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया