Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मेरापिक क्षेत्रमा बेपत्ता आरोहीको खोजीमा तालिम प्राप्त टोली जाँदै

सोलुखुम्बु : मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ। मेरापिक आरोहण सकेर फर्कने क्रममा ६ दिनदेखि बेपत्ता शेर्पाको खोजीका लागि तीन जनाको टोली आइतबार लुक्ला आइपुगेको हो।

सोलुदुधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए। कात्तिक २ गते मंगलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट बेपत्ता बनेका थिए। उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सात जनाको तालिम प्राप्त उद्धार टोली मेरापिक जाने छ।

एडभेक्चर भोक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सात जनामध्ये काठमाडौंबाट आइतबार लुक्ला आएका तीन जनासहित लुक्लामा रहेका एक गरी चार जनाको टोली हेलिकोप्टरमार्फत मेरापिक जानेछन्। उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूल भएकाले लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए। लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।

अन्य तीन जनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन्। खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान), नेपाल माउन्टेनरिङ एशोसियसन (एनएमए) र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए।

बेपत्ता बनेका शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ। उनको साथमा एक जना भाइ छन्। भाइको समेत गत वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको पारिवारिक श्रोतले बताएको छ। छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ। गाइडको साथमा गएका शेर्पासँग हिमाल आरोहण सम्बन्धि आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP