Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

शर्मा भारत, आचार्य बेलायत र खत्री अमेरिकाका लागि राजदूतमा सिफारिस

काठमाडौं : सरकारले अमेरिका, बेलायत र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले श्रीधर खत्रीलाई अमेरिकाका लागि र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिश गरेको हो। यसैगरी, डा. शंकर शर्मालाई भारतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको छ।

यसअघि डा शर्मा अमेरिकाका लागि राजदूत भइसकेका छन्। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन्। 

परराष्ट्र मन्त्रालयमा कार्यरत रहँदा नै आचार्यले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका छन्। उनले राष्ट्रसंघको उपमहासचिव तहबाट अवकाश पाएका थिए। यसबाहेक उनले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको ग्लास्गोमा कात्तिक १५-१६ मा हुने संयुक्त राष्ट्रसंघको २६ औँ कोप सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार जानुअघि अमेरिका, बेलायत र भारतका लागि राजदूत नियुक्तिको सिफारिश गरेका हुन्।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका एक दर्जनभन्दा बढी राजदूतलाई फिर्ता बोलाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP