Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुनचाँदी व्यवसायीको घरमा लुटपाट गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम। पाँच महिनाअघि महोत्तरीको सम्सी गाउँपालिकाका एक परिवारमाथि आक्रमण गर्दै लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान रहेका छन् । उनलाई महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पासवानसहितको समूहले गत असार ३ गते महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने ५७ बर्षीय बिरेन्द्र साहले आफ्नो घरमा सञ्चालन गरेको राजीव ज्वेलर्समा पसेर आक्रमण र लुटपाट गरेको प्रहरीले जनाएको छ ।

पासवानसहितको समूहले साहको घरभित्र प्रवेश गरी साहकी पत्नी सुशिला देवी, छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीलाई रडले प्रहार गरी घाइते बनाएका थिए ।

सोही समूहले कटुवा पेस्तोलले वीरेन्द्रको ढाडमा गोली प्रहार गरी घाईते बनाउँदै रु ८ लाख ९७ हजार २ सय बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटेर लगेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न ब्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान नै रहेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

डीएसपी बिष्टका अनुसार पासवान अन्य बिभिन्न अपराधिक घट्नामा संलग्न भएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । २०६६ बैशाख ७ गते पासवानसहितकाले सर्लाहीका राम किशोर महतोको साथमा रहेको नगद रू ७ लाख ५० हजार हतियार देखाउदै लुटेका थिए । यो मुद्दामा उनीबिरुद्ध सर्लाहीबाट डाँका तथा हातहतियार सम्बन्धी मुद्दा चलेको छ ।

२०६४ भदौ १९ गते लालबन्दीबाट नयारोड हरीवन तर्फ गई रहेको ना २ ख ८७८५ नम्बरको ट्रकलाई दलित जनजाति पार्टीका कार्यकर्ता दिलिप पासवान समेतका १४ जना अगाडिको सिसा फुटाई क्याबिनमा बम प्रहार गरी आगो लगाई क्षति पुर्याएको सम्बन्धी घट्नामा ईलाका प्रहरी कार्यालय, हरीपुर, सर्लाहीबाट पासवान समेत उपर बम बिष्फोटक शीर्षकमा मुद्दा चलेको देखिएको छ ।

यस्तै, पासवान सिरहाको मिर्चेयामा २०७३ साल असार १ गते भएको रु २ लाख १७ हजार बराबरको गहना लुटपाट, सर्लाही, धनगडीमाई–४ बस्ने प्रदिप कुमार साहको घर/कोठामा प्रवेश गरी कुटपिट गर्दै अपहरण गर्न खोजेको घट्नामा तथा रुपन्देहीमा गरगहना लुटपाट गरेको घट्नामा उनीबिरुद्ध मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP