Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टि-२० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी । टि-२० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ युएईमा जारी टि-२० विश्वकपमा समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले उक्त लक्ष्य ३ विकेट गुमाएर १८ बल बाँकी हुँदा नै पूरा गर्‍यो। लगातार दोस्रो जितसँगै अस्ट्रेलियाको सेमिफाइन सम्भावना बलियो बनेको छ।

मध्यम स्कोर तयार गर्ने क्रममा श्रीलंकाका कुशल परेरा र चरिथ  असलन्काले  समान ३५-३५ रनको स्कोर बनाएका थए। त्यसबाहेक भानुका राजापक्षले ३३ रन बनाए भने थप दोहोरो रनको स्कोरका रुपमा डसुन सनाकाले १२ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मिचेल स्टर्क, प्याट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिएका थिए।

१५५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रन बनाए। त्यस्तै कप्तान एरोन फिन्चले ३७ रन बनाए। त्यस्तै स्टिभ स्मिथ २८ रनमा अविजित रहँदा उनलाई मार्कुस स्टोइनिसले १६ रन बनाएर साथ दिए। श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डि सिल्भाले दुई विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP