Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

तास खेलिरहेका वडाध्यक्ष पक्राउ

त्रिशुली : नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP