Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सवारी चालक अनुमति पत्रको आवेदन फेरि खुल्यो

काठमाडौं : सवारी चालक अनुमति पत्र  (लाइसेन्स) अनलाइन आवेदन फाराम भर्नका लागि आएको समस्या हटेसँगै आवेदकले आजदेखि फेरि आवेदन दिन सक्ने भएका छन्। 

धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टम बिग्रिँदा फारम भर्न रोकिएको थियो। समस्या समाधान भएकाले आजदेखि फेरि फारम भर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। 

हिजो एकैदिन ८-१० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरे।  सोमवारदेखि खुलेको अनलाईन आवेदन फारम तत्काल बन्द नहुने भएकाले हतार गर्नु नपर्ने उनको भनाइ छ। 

कोरोना संक्रमणको जोखिमका कारण गत बैशाख १६ गतेदेखि बन्द भएको आवेदन फारम सोमवारदेखि खुलेको हो। हिजोसम्म एक लाख भन्दा धेरैले फारम भरिसकेको उनले जानकारी दिए। 

आजभोलि फारम भरेकाले आगामी पुस माघ महिनातिर सवारी साधनको ट्रायल दिन पाउने गरी तयारी गरिएको उनको भनाइ छ। यसअघि नै ट्रायल पास गरेका पाँच लाख भन्दा धेरैको लाइसेन्स आगामी मंसिरभित्र बाँड्ने गरी विभागले काम गरिरहेको पनि महानिर्देशक घिमिरेले जानकारी दिए।
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP