
डडेल्धुरा : यूएईमा जारी टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ।
शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो। उसका लागि पथुम निसान्काले शानदार ब्याटिङ गरे। उनले ५८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए। यो उनको टी-२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो।
यसअघि टी-२० आईमा उनको व्यक्तिगत उच्च स्कोर ६१ रन थियो। यस्तै, चरित असालान्काले २१ र कप्तान दासुन शनाकाले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जाेड्न सकेनन्।
बलिङमा तबरेज शम्सी र ड्वेन प्रिटोरियसले ३-३ तथा एनरिक नोर्कियाले २ विकेट लिए। समूह-१ मा रहेको श्रीलंका आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ। उसले सुपर-१२ अन्तर्गत यसअघि खेलेका २ खेलमा एकमा जित र एक म्याचमा हार बेहोरेको छ।
श्रीलंका अंक तालिकाको चौथो स्थानमा छ। दक्षिण अफ्रिका पनि आज दोस्रो जितको खोजीमा छ। उसले पनि यसअघि खेलेका २ खेलमा एकमा जित र एक म्याचमा हारको सामना गरेको छ। दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा इंग्ल्याण्ड र दोस्रोमा अष्ट्रेलिया छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया