Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अष्टेलियाविरुद्ध इंग्ल्याण्डको सहज जित

काठमाडौं :  इंग्ल्याण्डले यूएईमा जारी टी–२० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ। शनिबार राति दुबई भएका सुपर–१२ अन्तर्गतको खेलमा अष्टेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले तेस्रो जित हात पारेको हो।

यससँगै अंक तालिकामा ६ अंक जोड्दै समूह–१ मा रहेको इंग्ल्याण्डले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ। अष्टेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्याण्डले ११।४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

उसका लागि ओपनर जोस बटलरले शानदार ब्याटिङ गरे। उनले ३२ बलमा ५ छक्का र ५ चौकासहित अविजित ७१ रनको योगदान दिए। यस्तै, जेसन रोयले २२, जोनी बेयरस्टोले नटआउट १६ र डेविड मलानले ८ रन बनाए।​ बलिङमा एडम जम्पा र एस्टन आगरले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्टेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। उसका लागि कप्तान आरोन फिन्च ४४, एस्टन आगरले २०, म्याथ्यू वेडले १८, मिचेल स्टार्कले १३ र प्याट कमिन्सले १२ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १७ रन खर्चिएर तीन विकेट लिए। यस्तै, क्रिस वोक्स र टिमल मिल्सले २–२ तथा लियाम लिभिङ्स्टोन र आदिल राशिद १–१ विकेट हात पारे।

सुपर–१२ मा अष्टेलियाको यो पहिलो हार हो। अष्टेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो म्याचमा श्रीलंकालाई ७ विकेट हराएको थियो।

अष्टेलिया अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा दक्षिण अफ्रिका छ। उसले शनिबार नै भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP