Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बलात्कार घटना भएको एक साता बित्दा पनि पक्राउ परेनन् आरोपी

म्याग्दी : बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्। 

कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले बताएकी हुन्।

ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै सहयोग मागेजस्तै गरी घरभित्र पसेर पालैपालो बलात्कार गरेको ती महिलाको आरोप छ। ‘मैले घरभित्र प्रवेश गर्न नदिएपछि झ्याल फोडी भित्र पसेर छोराछोरीलाई कुटपिट गरे अनि मलाई पालैपालो बलात्कार गरे,’ उनले भनेकी छन्।

घटनाको दुई दिनसम्म महिलालाई पीडकका आफन्तले अघोषित रुपमा गाउँबाट बेनीसम्म आउन नदिएको समेत महिलाको आरोप छ। घटनाको दुई दिनपछि कात्तिक ४ मा प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भएको थियो।

पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ। आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जागेकी महिलाले घटनाको एक साता बितिसक्दा पनि घटनामा संलग्न पक्राउ नपरेकोमा उनी थप त्रसित भएकी छन्। पीडित महिलाका श्रीमान खाडीमुलुकमा रोजगारीमा छन्। पीडित महिलालाई प्रलोभनमा पारी‚ धम्क्याई घटनालाई तोडमोड गर्ने चिनजान, छरछिमेक र आफन्त नै सक्रिय भएको बताइएको छ। यता फरार आरोपितको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।

‘घटनाको अनुसन्धान अगाडि बढिसक्यो, अब आर्थिकसहितको प्रलोभनले मुद्दा कमजोर हुँदैन,’ प्रनाउ राईले भने। उनले बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन नदिने समेत प्रतिवद्धता जाहेर गरे। तीनजना नै मोबाइल बन्द गरेर फरार भइसकेको अवस्थामा फोटोसहित सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरिएको समेत उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP