Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानाध्यापमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।

जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर, जनमत पार्टी मुर्दावाद !’ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका विद्यार्थीले सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई शुक्रवार दुर्व्यवहार गरेका थिए।

विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठनपाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो दल्नुका साथै चप्पलले समेत हिर्काएका थिए। घटना पश्चात नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन शुरु गरेको हो।

प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइएको छ। प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने शिक्षकहरूले चेतावनी दिएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP