Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बढ्यो हवाई भाडा

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँ वृद्धि गरिएको जनाएको छ।

यसरी वृद्धि भएको भाडादरअनुरुप अब काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि ४४० रुपैयाँ बढेको छ। यो गन्तव्यमा साविकमा तीन हजार ८०० रहेकोमा बढेको भाडादर चार हजार छोटो गन्तव्य २४० रुपैयाँ कायम भएको छ। काठमाडौं–सिमरामा सबैभन्दा कम ९५ रुपैयाँ वृद्धि भएको छ। यो गन्तव्यमा पनि साविकमा ७७० रहेकामा बढेर ८६५ रुपैयाँ कायम भएको छ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११.६ प्रतिशत (१० रुपैयाँ प्रतिलिटर) बढाएको थियो। सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन्। संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ।

हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ। पर्वतीय उडानमा पनि ३४५ रुपैयाँ भाडा वृद्धि भएको छ। हवाई यात्रुले अब काठमाडौंबाट भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी तिर्नुपर्नेछ। तुम्लिङटारमा १८५, राजविराजमा २०५, नेपालगञ्जमा ३३० रुपैयाँ बढी भाडा तिर्नुपर्नेछ।

पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ। विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ। त्यस्तै भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ भाडादर बढेको छ।

प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP