Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महाधिवेशनमा अध्यक्ष उठ्ने भीम रावलको घोषणा

धनगढी : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले कार्यकर्ताको भावनाअनुसार आफू पार्टीको दशौँ महाधिवेशनमा अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए। रावलले एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्ने बताउँदै गृहजिल्लामा कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उचित होला ? भनेर सोधे। त्यसपछि कार्यकर्ताहरूले अध्यक्षमा उठ्नुपर्ने बताए।

त्यसपछि रावलले भने, ‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु। तपाईंहरुजस्तै थुप्रै कार्यकर्ताले अध्यक्षमा उठ्नुपर्ने भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’ उनले कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरे।

उनले अर्को सन्दर्भमा पार्टीले गम्भीर समस्या सामना गर्दै यहाँसम्म आइपुगेको पनि बताएका छन्।  ‘एमाले र माओवादीबीच एकता भएको थियो। तर, नेकपा भंग गर्न ठूलो षडयन्त्रको जाल बुनियो’, उनले भने,  ‘नेकपा एकता भंग भएपछि एमालेलाई २०७५ जेठ २ मा फर्क भनेर अदालतले भन्यो। तर, फागुन २८ मा अध्यक्षले एकतर्फी निर्णय गर्नुभयो। जसले गर्दा पार्टी झन संकटमा गयो।’

उनले आफूले एमालेलाई अदालतको फैसला अनुसार अघि बढाऊँ मात्रै भनेको बताए।  ‘अन्तरपार्टी निर्देशन-१२ र १० बुँदे सबैतिर लागु भयो तर, सुदूरपश्चिममा मात्रै लागु भएन’, उनले भने,  ‘बैठकमा नेतृत्वले मेरो कुरा नसुनेपछि पार्टीभन्दा बाहिर बोलेको हुँ। एमालेलाई एक बनाऊँ भनेको छु। म अहिले पनि एमाले २०७५ जेठ २ को अडानमा यथावत छु।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP