Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको शिवगढीमा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

अनिल थारु,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला अन्तरगत शिवराज नगर कमिटी र विजयनगर गाउँ कमिटीको आयोजनामा ऎतिहासिक गाउँ शिवगढीमा पार्टी सदस्य सम्मको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै प्रमुख प्रशिक्षक वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य संजिवले एकीकृत जनक्रान्ती मार्फत नेपालमा क्रान्ति सम्भब देखेर प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताए। उनले हतियारको बलले बिचारलाइ नष्ट गर्न नसक्ने बताए। राज्यलाइ ठग्ने एनसेललाइ कार्वाही गरेको आफ्नो पार्टीको कदम अबैधानिक नभइ एनसेल नै अबैधानिक भएको नेता संजिवको उद्घोष थियो।
नेपाली जनतालाइ परनिर्भर बनाउने,सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने नेता संजिवले स्पष्ट पारे।

नेपालमा फेरि एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्ने नेता संजिवको धारणा थियो।संसदीय व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए। संसदीय सरकार विघटन गरि प्रगतिशिल सरकार निर्माण गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुनै नेपालमा सबैखाले समस्याको समाधान रहेको नेता संजिवको भनाइ थियो। 

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा कपिलवस्तु जिल्ला सचीव कमलले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरु अत्तालिएको बताए।उनले जनताको माझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरुले युद्ध चाहेको बताए। आफुहरु खरानी हुने तर दलालहरुसंग झुकेर नबस्ने दाबी गर्दै सरकार र आफ्नो पार्टीबिच भएको तिन बुदे सहमति कार्यान्वयन गरि नेपालकोराजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक लगाएत बिबिध समस्याहरुको समाधान गर्नुपर्ने नेता कमलको आग्रह थियो। उनले तीन बुदे सहमती कार्यान्वयन नगरे जनताले बिद्रोह गर्ने उद्घोष गरे। 

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु ,अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले प्रगतिशील संयुक्त सरकार,जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको बताए। व्यवस्था चुन्ने अधिकार जनतालाई दिने जनमतसंग्रहको निर्वाचनमा भिडौ”।जनताले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने बिसयमा हुने जनमतसंग्रहमा अत्याधिक मत वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षमा दिने नेता जुझारुको जिकिर थियो।  

प्रशिक्षण कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सल्लाहकार समिति संयोजक हिमाल र शिवराज नगर र विजयनगर गाउँपालिका अन्तर्गतका वडा,गाउँ इन्चार्ज र कर्याकर्ताहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।

युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कृष्णनगर,महाराजगन्ज नगरपालिका इन्चार्ज बादलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य संजीवको प्रमुख आतिथ्य , नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु , अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु,युवा संगठन नेपाल कपिलवस्तु जिल्ला सचीव कशिम , नेकपा कपिलवस्तु जिल्ला सदस्य तथा अनेमा क्रान्तिकारी जिल्ला संयोजक दिलमाया युवा संगठन नेपाल कपिलवस्तु जिल्ला सदस्य बिशाल , जनपत्रकार संगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष अनिल थारुको आतिथ्य रहेको थियो।

शिवराज नगरपालिका र विजयनगर गाउँपालिका कमिटीको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी विजयनगर गाउँपालिका कमिटी इन्चार्ज राजेन्द्र प्रताप शाह ( अजय) ले गरेका थिए भने सहजीकरण नेकपा शिवराज नगरपालिका इन्चार्ज पाबेलले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP