Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने बारको तयारी

काठमाडौं : कानून व्यवसायीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएका छन्। 

चौतर्फी दबाबका बीच प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको साटो पेलेर अघि बढ्न खोजेको भन्दै नेपाल बार एसोसियसनले जबरालाई अदालत प्रवेशमै रोक्न लागेको हो। 

विहान साढे ९ बजे भेला भएर प्रधानन्यायाधीश जबरालाई गेटमा रोक्ने तयारी गरिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। हिजो अदालत परिसरमै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई प्रहरीले धरपकड गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए।

हिजोको प्रहरी दमनविरुद्ध आज एकदिन सर्वोच्चमा कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। न्यायाधीशहरूलाई पनि कुनै पनि इजलासमा नबस्न अपिल गरिएको श्रेष्ठले बताए। 

प्रधानन्यायाधीश जबराले सबैखाले मुद्दाको पेशी तोक्दै अए पनि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्रै सुनुवाइ गर्दै आएका छन्। प्रधानन्यायाधीश जबराले विचौलिया र भिजिलान्तेहरुको प्रयोग गरी पञ्चायती शैलीमा प्रतिकार समिति गठन गरेर विभिन्न हतकण्डाहरु गरेको बारले आरोप लगाएको छ। 

बारले प्रधानन्यायाधीश जबरालाई न्यायपालिकाको विकृति विसंगती, विचौलिया र भ्रष्टाचारको पृष्ठ पोषक भनेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसियसनले चरणवद्ध आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP