Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

केनको ह्याट्रिकमा इंग्ल्यान्डको सहज जित

एजेन्सी । कतार विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत समूह ‘आई’को खेलमा इंग्ल्यान्डले अल्बानियामाथि प्रभावशाली जित निकालेको छ। इंग्लिस कप्तान ह्यारी केनले ह्याट्रिक गर्दा अल्बानियामाथि ५-० को जित निकाल्न इंग्ल्यान्ड सफल भएको हो। केनबाहेक थप दुई गोल ह्यारी मगाएर र जोर्डन हेन्डरसनले सम्भव बनाएका थिए।

वेम्वली स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा ह्यारी मगाएरको गोलबाट अग्रता लिएको थियो। १८औं मिनेटमा ह्यारी केनले अग्रता दोब्बर बनाएका थिए। २८औं मिनेटमा जोर्डन हेन्डरसनले तेस्रो गोल गरे।

३३औं मिनेटमा केनले रहिम स्टर्लिङको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा केनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ह्याट्रिक पूरा गरे भने पहिलो हाफमानै इंग्ल्यान्ड ५–० ले अघि रह्यो।

तर‚ दोस्रो हाफमा भने थप गोल हुन सकेनन्। यो जितपछि इंग्ल्यान्ड समूह ‘आई’  मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अब इंग्ल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन एक अंक आवश्यक छ। इंग्ल्यान्डले छनोटको अन्तिम खेलमा सान मारिनोसँग सोमबार राति खेल्दैछ। पराजित अल्वानिया १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

यही समूहको अर्को खेलमा पोल्यान्डले १० खेलाडीमा समेटिएको घरेलु टोली एन्डोरालाई ४–१ ले पराजित गरेको छ। एन्डोराका रिकार्ड फर्नान्डेज पहिलो मिनेटमा नै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। पोल्यान्डको जितमा कप्तान रोबर्ट लेवान्डोस्कीले दुई तथा कामिल जोविएक र अर्काडिअस मिलिकले समान एक गोल गरे। एन्डोराका मार्क भालेसले एक गोल फर्काए।

जितपछि दोस्रो स्थानमा रहेको पोल्यान्डको ९ खेलबाट २० अंक पुगेको छ। एन्डोरा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। पोल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन छनोटका अन्तिम खेलमा हंगेरीलाई पराजित गर्नुका साथै अर्को खेलमा शीर्षस्थानको इंग्ल्यान्डले हार ब्यहोर्नुपर्ने हुन्छ।

यही समूहको अर्को खेलमा हंगेरीले सान मारिनोलाई ४–० ले पराजित गर्‍यो। हंगेरी १४ अंक जोडेर चौथो स्थानमा रहेको छ। सान मारिनो अंकविहीन छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP