Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेको महाधिवेशनका लागि धेरैजसो जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि छनोट भएका छन् ।

धेरैजसो जिल्लामा र विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन भएका एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । उहाँले सहमति हुन नसकेका जिल्ला कमिटीमा चुनावी प्रकृयाबाट प्रतिनिधि चयन गरिएको बताउनुभयो ।

गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वी रुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्युठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाल्चोक, पेसागत विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका उहाँले जानकारी दिनुभयो ।

यस्तै गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएशन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमा समेत प्रतिनिधि चयन भएका छन् । एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ ।

एमालेले प्रतिनिधिको विवरण पर्सि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार नौ सय ९९ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

महाधिवेशनबाट एमालेले नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुनेछन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP