Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्व मात्र छान्ने

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने निर्णय गरेको छ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संवैधानिक बाध्ययताका कारण मंसिर महिनाभित्र मतपरिमाण सार्वजनिक गर्नुपर्ने भएकाले अर्को मितिले विधान महाधिवेशन गर्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल तयारी समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य हुनेछन्। त्यस्तै, अर्थ संकलनकालागि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। 

भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले, विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरि प्रस्ताव गरिएको छ। स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक रहने प्रस्ताव गरेको छ।

यस्तै, बैठकले सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि संयोजक र अधिवेशन हुने स्थानको टुंगो लगाएको छ। बैठकले प्रदेश १ को अधिवेशन तयारी समितिको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई तोकेको छ। त्यस्तै, प्रदेश–२ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिएको छ। 

बैठकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने गरी स्थान निर्धारण गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP