Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

न्यूजिल्याण्डमाथि भारतको रोमाञ्चक जित

एजेन्सी : टी–२० आई सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भारत ५ विकेटले विजयी भएको छ। न्यूजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

उसका लागि सूयकुमार यादवले शानदार ब्याटिङ गरे। उनले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। यो उनको टी–२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो। यसअघि उनको टी–२० आईमा उच्च स्कोर ५७ रन थियो।

यस्तै, कप्तान रोहित शर्माले ४८, केएल राहुलले १५ र ऋषभ पन्तले अविजित १७ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा ट्रेन्ट बोल्टले २, टिम साउथी, मिचेल सान्टनर र डेरिल मिचेलले १र१ विकेट लिए। यसअघि, जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

उसका लागि ओपनर मार्टिन गुप्टिल र मार्क च्यापम्यानले अर्धशतकी पारी खेले। गुप्टिलले ४२ बलमा ४ चौका र ४ छक्कासहित ७० रन बनाउँदा च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६३ रन जोडे।

यस्तै, टिम सेफर्टले १३, रचिन रवीन्द्रले ७, मिचेल सान्टनरले नटआउट ४ रन जोड्दा डेरिल मिचेल र ग्लेन फिलिप्स शून्य रनमा आउट भए।

बलिङमा रवीचन्द्र अश्विन र भुवनेश्वर कुमारले २र२ तथा मोहम्मद सिराज र दीपक चाहरले १र१ विकेट लिए। यस जितसँग भारतले तीन म्याचको  सिरिजमा १–० को अग्रता लिएको छ। यी दुई देशबीचको दोस्रो टी–२० आई शुक्रबार हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP