Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वायु प्रदूषण बढ्दै गए देशव्यापी लकडाउन गर्नुपर्ने हुन सक्छ : डा. उप्रेती

काठमाण्डाै – विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् । 

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको हो । बङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलाे वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताउनुभयो । डा. उप्रेतीले हिजाे बुधवार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताउनुभयो । उहाँले दक्षिण भारतमा दुई सय १५ मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताउनुभयो । 

आज बिहीवार हामीसँगकाे कुराकानीमा डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताउनुभयो । उहाँले भारतका केही सहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाण्डाै पनि प्रभावित हुने बताउनुभयो । डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगरलगायतका ठाउँमा वायु प्रदूषणको स्तर बिग्रिँदै गएको बताउनुभयो ।  

जलवायु विज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘अहिले अरेबियन सागर र बङ्गालको खाडीको केही क्षेत्रमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बङ्गालको खाडीमा उत्पन्न हुने प्रणालीले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ दुई सय १५ मिलिमिटरभन्दा बढीको वर्षा हुने अनुमान गरेर रेड अलर्ट जारी गरिएको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । वर्षा त हुँदैन, तर त्यसले उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुने र बाक्लो कुहिरो लाग्ने, तराईमा शीतलहर हुन सक्ने सम्भावनालाई पनि नकार्दैन । चिसो बढ्ने नै भयो, सबैभन्दा विकराल रूप यतिबेला के ल्याउन सक्छ भने भारतमा अहिले प्रदूषणको मात्रा खतरा तहभन्दा माथि छ, यदि हावाको दिशा उत्तरतिर सर्‍याे भने दिल्लीदेखि भारतका ठूला सहरमा भएको प्रदूषणको मात्रा विराटनगर, धनगढी, महेन्द्रनगरमा आइसकेको छ । हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तहमा पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाण्डाैमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले ज्यान पनि जान सक्छ ।’

डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरूले पानी छर्कने, उद्योगहरू केही दिनका लागि बन्द गर्ने र गाडी बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताउनुभयो । उहाँले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताउनुभयो । डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोग निम्त्याउन सक्ने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP