Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ब्रेलमा पाठ्यपुस्तक नआउँदा दृष्टिविहीनलाई पढ्न कठिन

काठमाडौं : गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै भनेका थिए, ‘दृष्टिविहिन बालबालिकालाई ब्रेल पाठ्यपुस्तकलगायत आधुनिक प्रविधिको सहायताबाट शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’

उनले घोषणा गरेको यो नीतिगत योजना कार्यान्वयनमा आइसकेको भए यतिखेर दृष्टिविहीनले सहजै रुपमा अध्ययन गरिरहेका हुन्थे।

तर घोषणा भएको ३ महिना बितिसक्दा पनि अहिलेसम्म ब्रेल लिपिमा पाठ्यपुस्तक आउन सकेको छैन।

वर्तमान सरकारले मात्र नभएर पहिलेका सरकारले समेत आधुनिक प्रविधिसहित त्यस्ता पुस्तक व्यवस्था गर्ने घोषणा गर्दै आएको थिए।

तर,  ती सबै घोषणामै सीमित हुँदै आएका छन्। ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई पढाइमा समस्या छ।  

दृष्टिविहीन सरोज भट्टराई ब्रेल पाठ्यपुस्तकको व्यवस्था सरकारले गर्ने भनी आश्वासन मात्र दिएको बताउँछन्।

उनले भने, ‘सरकारले ब्रेल पाठ्यपुस्तकको व्यवस्था गर्ने चाहिं भन्छ, तर हालसम्म त्यसमा पढ्न पाएका छैनौँ। यसबाट मलगायत अन्य दृष्टिविहीनलाई अध्ययन गर्न कठिनाइ छ।’

सरकारले फरक क्षमता भएकाहरूका लागि सडक, शौचालय, आकाशेपुल, विद्यालयलगायत संरचना अपांगमैत्री बनाउन नसकेको गुनासो पनि उनको छ। 

झन् दुई इन्द्रीय (सुनाई र दृष्टि) सम्बन्धी विकलाङ्गलाई पढ्नमा अझ बढी समस्या हुने गरेको छ।

जनगणना २०६८ अनुसार नेपालमा श्रवण क्षमता नभएका र दृष्टिविहीन व्यक्तिहरूको संख्या ९ हजार ७ सय १४ जना छन्, जुन कुल जनसंख्याको शून्य दशमलव ०३६ प्रतिशत हो।

यसो भन्छ शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर श्रेष्ठले अहिले ब्रेल लिपिको परीक्षण भइरहेको बताए।

उनका अनुसार दृष्टिविहीनले औँलाको सहायताबाट पढ्ने पुस्तकलाई ब्रेल पाठ्यपुस्तक भनिन्छ। पुस्तकमा पाठहरू ब्रेल लिपिमा छापिन्छ र अक्षर छामेर पढ्न सकिन्छ।

‘सरकारले पहिलादेखि पनि ब्रेल पाठ्यपुस्तक बनाउने भनेको थियो,’ उनले भने, ‘यस वर्षको बजेट भाषणमा पनि प्राथमिकतामा राखिएको छ, त्यसैले अहिले ब्रेल पाठ्यपुस्तकका लागि परीक्षण भइरहेको छ।’  

परीक्षण सफल भएपछि मन्त्रालयले सबै प्रदेशमा यसको व्यवस्था गर्ने उनको भनाई छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP