Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अन्तर्राष्ट्रिय बालअधिकार दिवस : कोरोनाले अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन सुरु

काठमाण्डाै – आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपाल पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको हो ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो ।

परिषद्ले कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उहाँले बताउनुभयो। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।

बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उहाँले आग्रह गर्नुभएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP