Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जुम्लामा जीप दुर्घटना : एक जनाको ज्यान गयो, सात घाइते

जुम्ला – जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।  पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग १ झ ५८८४ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पातारासी–७ रिनीकी ४६ वर्षीया दन्दकली बोहोराको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भइ उपचारको लागि ल्याइएकी बोहोराको बाटोमै ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रवालले जानकारी दिनुभयो । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइते भएकाहरुको परिचय खुलेको छैन । प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी ३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी ३ महरी गाउँका ४९ वर्षका गोर्ख बुढा, पातारासी ३ माथि लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी ६ जम्नको ६ वर्षीय पुस्कर बिष्ट र पातारासी ७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP