Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कानुन व्यवसायीले आज देशभर बहस पैरवी नगर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीले आज देशभर बहस पैरवी बन्द गर्ने भएका छन्। 

सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन्। 

नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा भोलि बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ। 

यस्तै मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने कार्यक्रम छ भने बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने कार्यक्रम तय गरिएको छ। 

यस्तै बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रम तय गरिएको नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई मुख्य शर्त बनाएको बारले गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP