Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

थप ३ सय ५१ जनामा काेराेना सङ्क्रमण, २ सय ७३ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ४४ प्रतिशत अर्थात् तीन सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा नौ जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय नौ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७९ लाख ९० हजार एक सय ९० जनाले पूर्ण मात्रा र ९२ लाख ६ हजार एक सय ८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP