Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेको १०औँ महाधिवेशनः प्यानल बनाए कारबाही, पर्चा-पम्प्लेटमा पनि बन्देज

चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ ।  एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ ।

१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताउनुभयो ।

कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उहाँले बताउनुभयो । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।

पर्सि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । पर्सि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

मंसिर ११ गते पर्सि उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसुब्बाले जानकारी दिनुभयो। ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । 

एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग

चुनावमा एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने छ । ९२ वटा मेसिनहरु चुनावका लागि प्रयोग गरिने र ३ वटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिने छ । ५ वटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । 

एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा झण्डै २२ जनादेखि ३० जनाले मतदान गर्ने छन् । मतदान सकिएको झण्डै दुई घण्टाभित्र नतिजासमेत आउने गरी मतगणनाको व्यवस्था गरिने छ । हरेक मेसिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्यो भन्दा चाँडो नतिजा आउनसक्छ ।  

५० क्षेत्रमा चुनाव हुने

नेकपा एमालेको विधान अनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुने छन् ।

प्रतिनिधिलाई उम्मेदवारको जानकारी

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मतदान गर्न सहज बनाउन पर्सि राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउने छ ।

१२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पुर्याइने छ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशित प्रति साथै लैजान छुट दिइने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP