Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बाली बीमा, अनुदान प्रणाली तथा उत्पादन मूल्य शृङ्खलामा आवश्यक नीति तयार गरिने

काठमाण्डाै – राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ ।

पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो ।

अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख डा.कृष्णप्रसाद तिम्सिनाले बताउनुभयो ।

कृषि नीतिमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यसहित कृषि मन्त्रालय, कृषि विभाग, त्रिभुवन विश्व विद्यालय र गैर सरकारी संस्थाका विज्ञसहित आउँदो वर्षको कृषि नीति अनुसन्धान रणनीतिबारे छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो ।

छलफलमा नार्कका निर्देशक डा. युगनाथ घिमिरे, राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठानका निमित्त निर्देशक डा.दोजराज खनाल, कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ सिरिस पुन, विभागका डा. महादेव पौडेल, कृषि अर्थशास्त्र समाजका महासचिव डा. देवेन्द्र गौचनलगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP