Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा तीन जनाको दावी

रुपन्देही – नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा तीन जनाको दावी देखिएको छ । आजदेखि दाङमा  सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेपनि अहिले बन्द सत्र शुरु गर्ने  र भोली नेतृत्व चयन गर्ने कार्यक्रम तय  भएको प्रदेश सचिवालयका  एवं पूर्वमन्त्री सुर्दशन बरालले रातोपाटीलाई बताए ।

उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी  रहेका  थिए । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनीका कारण सम्मेलनमा भीडभाड कम गर्ने उद्देश्यले प्रतिनिधिको मात्रै उपस्थिति गराएको हो । लुम्बिनी प्रदेशमा दुई सय ५३ सदस्यीय कमिटि गठन हुने जनाएको छ ।

लुम्बिनी प्रदेश संगठन कमिटीका सचिव जगप्रसाद शर्मा (अपार) रोल्पाका दिपेन्द्र पुन ‘सिजल’ उनी प्रदेश सभा सांसद समेत हुन् । यस्तै रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ।  उनीहरुले अझै खुलेर बाहिर नभएपनि केन्द्रीय  नेताहरु माझ लबिङ शुरु गरेका थिए । यस्तै प्रदेश सभा सदस्य आशा स्वर्णकारले महिलालाई पनि अगाडि बढाउनुपर्ने माग पटक पटक राख्ने गरेको माओवादीका नेताहरु बताउछन् ।

नेकपा (माओवादी केन्द्र) प्रदेशका सबै १०९ स्थानीय तहमा संगठन विस्तार भएको छ भने एक लाख १२ हजार ९ सय ८८ पार्टी सदस्य रहेको बरालले बताए । पहिलो दिन शनिबार उद्घाटन भएको सत्रमा कलाकारहरुको प्रस्तुति राखिएको थियो भने भोली नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP