Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२४ घण्टामा ३ सय ४१ जनामा काेराेना पुष्टि, कति छ खाेपकाे माैज्दात ?

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २४ हजार पाँच सय ३५ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९५ हजार आठ सय १० जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । याेसहित काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख सात हजार एक सय ५४ पुगेकाे छ । 

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय २४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

कति छ खाेपकाे माैज्दात ?

नेपालमा कोरोनाविरुद्धको खोपको एक करोड मात्रा भन्दा धेरै मौज्दात रहेको छ । अहिलेसम्म नेपालमा तीन करोड १४ लाख १९ हजार तीन सय ३० मात्रा खोप प्राप्त भएकोमा दुई करोड सात लाख ५९ हजार ५४ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक करोड ६ लाख ६० हजार मात्रा भन्दा धेरै खोप मौज्दात रहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ८७ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । योसहित नेपालमा ९३ लाख दुई हजार १९ जनाले पूर्ण मात्रा र एक करोड १४ लाख ५७ हजार ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ । यस्तै सरकारले आउँदो पुस ४ देखि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिँदैछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP