Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसिसी सम्झौताविरुद्ध १० लाख हस्ताक्षर सार्वजनिक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसिसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले मंसिर २३ गतेदेखि २८ गतेसम्म देशव्यापी रुपमा एमसिसीविरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो।

‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पूर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरू एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौं’ भन्ने मुल नाराको साथ हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसिसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध १० लाख जनाको हस्ताक्षर गरेर आफ्नो दलले ऐतिहासिक काम गरेको दाबी गरे।

उनले नेपाल सरकारले गर्न लागेको एमसिसी सम्झौता जनताको हितमा नभएको तर्क गरे। शासन र सत्ता गरिरहेका नेताहरूको कारण नेपाली जनताको टाउकोमा ठूलो बज्रपात देखिएकोसमेत उनले आरोप लगाए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP