Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

युनाइटेडबीच युथ क्लबको १४ औ खेल शुरु

घनपोखरा ।

तमुहरुको महान चाड ल्होछार को अवसरमा युनाइटेड बीच युथ क्लब घनपोखरा द्वारा आयोजित खुला महिला तथा पुरुष फूटबल खेल प्रतियोगिताको बिहिबार एक कार्यक्रमको आयोजना गरि उट्घाटन गरिएको छ । पौष १ गते घनपोखरा जाउ विविध सास्कृतिक कार्यक्रममा रमाउ भन्ने मुल नाराका साथ युनाइटेड बीच युथ क्लबले आयोजना गरेको १४ औ फुटबल प्रतियोगिता खेल मैदान केकेममा मर्श्याङ्दी गाउँ पालिकाको अध्यक्ष श्री अर्जुन गुरुङले रिबन काटेर औपचारिक रूपमा उट्घाटन गर्नु भएको हो ।

खेल स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको छवि उच्च राख्ने उपयुक्त माध्यम भएकोले खेल क्षेत्रको बिकाशका लागि सबैले पहल र स्वास्थ रहन सबै कुनै एक खेलमा जोडी रहन आवश्यक रहेको प्रमुख अतिथि मर्श्याङ्दी गाउँ पालिकाको अध्यक्ष श्री अर्जुन गुरुङले बताउनु भयो ।खेल क्षेत्रलाई चलायमान राख्न सके स्वास्थ समाजको निर्माण हुने स्वास्थ समाज भए देश समृद्धि बाटोमा अघि बढने गुरुङले बताउनु भयो ।

युनाइटेड बिच युथ क्लब घनपोखराका अध्यक्ष भक्त बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ खेलकुद बिकास समिति का अध्यक्ष योग बहादुर गुरुङ ,उप्पर खुदी जलविद्युत आयोजना जनसरोकार तथा समन्वय समिति का अध्यक्ष प्रेम बहादुर गुरुङ , जन सम्पर्क अधिकृत बासु देव कार्की , मर्श्याङदी गा.पा. २ का अध्यक्ष चेत बहादुर गुरुङ ,वार्ड नं १का अध्यक्ष रुद्र मान गुरुङ,३का अध्यक्ष प्रेम बस्नेत ,कार्य पालिका सदस्य कृष्ण बि,क.र अनिता बि.क वार्ड सदश्यहरु , त्रिभुवन मा.बि.का प्र.गङ्गा जङ गुरुङ लगायत विद्यालय परिवार , आमा समूह हरुको उपस्थिति रहेको थियोे ।

महिलापुरुष गरि जम्मा २६ समूहले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विविध सास्कृतिक कार्यक्रम कालिज टिपाई,डोरी तान,कुर्सी चाल लगायतका रमाइलो खेल पनि समाबेश गरिएको आयोजक सस्थाका अध्यक्ष भक्त बहादुर गुरुङले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP